त्रिभुवन विमानस्थलमा प्रचण्ड र बाबुराम सँगै

काठमाडौँ। त्रिभुवन विमानस्थलबाट आइतबार बिहान अधिकांश विमान समयमै उड्न सकेनन्। आन्तरिकतर्फका उडान लामो समय डिले भयो।

यही कारण विमानस्थलमा यात्रुको भीड लाग्यो। यही मेसोमा थिए समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई। उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडालगायतका मन्त्री तथा नेताहरूसँग बसेको तस्बिर सार्वजनिक गरे।

उनले आइतबार ट्वीट गरे। ‘७ बजे उड्नुपर्ने प्लेन १० बजेसम्म उडेको छैन! एयरपोर्टमा घण्टौँ कुर्दाको फाइदाचाहिँ सबै पार्टीमा छरिएका साथीहरूसँग भेटघाट र गफगाफ गर्न पाइने! नकारात्मकभित्र सकारात्मक भनेको सायद यही हो! अथवा चित्त बुझाउने मेसो!’

अन्य सम्बन्धित समाचार:  कालीमाटी तरकारी बजार बन्द