‘ए मेरो हजुर ४’ दशैँमा रिलिज

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति तय भएको छ। निर्माणपक्षले एउटा भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

यो चलचित्रको छायाङ्कन सुरु भने भएको छैन। झरना थापाको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् चलचित्र आउँदो वर्षको कात्तिक ७ गते रिलिज गर्ने निर्माणपक्षले बताएका छन्।

चलचित्रमा नायक अनमोल केसी, सलोन बस्नेत र नायिका सुहाना थापाको मुख्य भूमिका रहनेछ। चलचित्रको छायाङ्कन केही हप्तामा सुरु हुने बताइएको छ। यसपटक लभ स्टोरी कथालाई नै पर्दामा उतार्न लागेको निर्देशक थापाको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  १९० करोडमा जीले किन्यो सलमानको राधे, विहीबार रिलिज हुँदै