‘लभ डायरीज’ को उत्कृष्ट व्यापार

काठमाडौँ। प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘लभ डायरीज’ ले दर्शकको राम्रो साथ पाएको छ। चलचित्रले शुक्रबार र शनिबार उत्कृष्ट व्यापार गर्न सफल भएको छ। साथै दर्शकको चाप पनि राम्रो देखिएको थियो।

शुक्रबार र शनिबार फिल्मका मुख्य कलाकारहरू सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालले राजधानीको विभिन्न हलहरूमा पुगेर दर्शकको प्रतिक्रिया लिएका थिए। दर्शकको राम्रो प्रतिक्रिया आएकोले मेहनत गरेअनुसार राम्रो फल प्राप्त भएको भन्दै अभिनेता सुशीलले खुसी व्यक्त गरेका छन्।

केही समयदेखि अभिनेता सुशील श्रेष्ठले चलचित्रमा दर्शकको मन तान्न नसकेकोले यो चलचित्रबाट उनलाई केही हदमा राहत मिलेको छ। साथै नवनायिका रुविना थापाले पनि दर्शकबाट कामको राम्रो प्रशंसा बटुल्न सफल भएकी छिन्।

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट