बिस सेवन गरी सञ्चारकर्मीको मृत्यु

काठमाडौँ। कपिलवस्तुमा एकजना सञ्चारकर्मीले विष सेवन गरेर देहत्याग गरेका छन्। जिल्लाको वाणगङ्गा ११ हथौसामा घर भएका सञ्चारकर्मी कृष्ण भुसालले विष सेवन गरी देहत्याग गरेका हुन्।

भुसाल कपिलवस्तु स्थित रेडियो बुद्धआवाज र बुद्धआवाज टिभीमा कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत थिए।उनले विष सेवन गर्नुको कारण खुलेको छैन्। आइतबार विहान मात्र उनले विष सेवन गरेको थाहा भएपछि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो।

यहाँ उपचार सम्भव नभएपछि उनलाई तत्काल बुटवल रेफर गरिएको थियो। तर उनको अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।भुसाल सञ्चारमाध्यमका साथै शिक्षण पेशामा पनि आवद्ध थिए। उनले वाणगङ्गा ११ ओदारीको लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कुलमा लामो समय देखि अध्यापन गराउँदै आएका थिए।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा पुनः सेवा शुरु

पछिल्लो केही महिना यता भुसाल मानसिक तनावमा रहँदै आएको पारिवारिक स्रोतले बताएको छ। उनका एक छोरी र श्रीमती छन्।