ललितपुरको सानेपामा भएको घटनाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक

ललितपुर। माघ २७ गते ललितपुरको सानेपामा भएको घटनाको पोष्टमार्टम रिपोर्ट आएको छ। पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या तथा कामदार विजय चौधरीको मृत्युको पोष्टमार्टम रिपोर्टमा चौधरीले मुनाको घाँटीमा डोरीले कसेर मारेको पाईएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ। कार्कीको हत्यापछि चौधरीले आत्महत्या गरेको देखिएको बताईएको छ।

मुनाले पछि प्रतिवाद गर्न लाग्दा पिर्काले हिर्काएको देखिएको प्रहरीले बताएको छ। प्रहरीले हत्या गर्नुको कारण भने नखुलेको जनाएको छ। माघ २७ गते बिहान पूर्वसचिव अर्जुन कार्की पशुपति गएका बेला उनकी श्रीमती मुना कार्कीको हत्या भएको थियो। साथै उनकै घरमा काम गर्ने कामदार चौधरी पनि झुण्डिएको अवस्थामा फेला परेका थि

अन्य सम्बन्धित समाचार:  ५० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग