आगलागीमा पाँच लाखको क्षति

सिञ्जा। कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ। खाना पकाउने ग्यास सिलिन्डर लिक हँुदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो।

आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताए। आगो लागेको पाँच मिनेटमै स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् भने घरमा सामान्य क्षति भएको कनकासुन्दरी गाउँपालिका–६ का अध्यक्ष जग्गीप्रसाद आचार्यले बताए। आगजनीबाट रु पाँच लाखको भौतिक क्षति भएको सहकारी संस्थाका सदस्य राजेन्द्र रोकायले बताए।

अन्य सम्बन्धित समाचार:  बाँकेमा कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि हातपात