भारतीय रक एन्ड रोल व्याण्डका लिड गितारिष्ट सोनम शेर्पाको निधन

राजु भण्डारी। लोकप्रिय भारतीय रक एन्ड रोल व्याण्ड परिक्रमाका संस्थापक सदस्य र लिड गितारिष्ट सोनम शेर्पाको निधन भएको छ। उनको खर्साङमा रहेको एक होटलमा निधन भएको हो। जुन होटलमा उनी सुतेका थिए त्यही नै उनको मृत्यु भएको पाईएको छ। जहाँ उनी आगामी फिल्मको संगीत रेकर्ड गर्न गएका थिए। रिपोर्टका अनुसार उनलाई हार्टएटयाक भएको दार्जलिङ जिल्ला अस्पतालले जनाएको छ।

४२ वर्षिय गितारिष्ट शेर्पाको शुरुवाती विद्यालयको कक्षा पश्चिम बंगालको कालिम्पोंगबाट भएको थियो। बीबीसीले उनलाई र उनको ब्यान्डलाई एक रकमेन्ट्रीमा चित्रित समेत गरेको थियो। उनले आफ्ना व्याण्डका सदस्य नितिन मलिक र सुबीर मलिकसँग मिलेर बलिउड फिल्म मञ्जुनाथको संगीत रचना गरेका थिए।

“बट इट राइन्ड, आई बिलीभ, एम आई ड्रीमि जस्ता धेरै प्रतिष्ठित नम्बरहरूका लागि उनी प्रख्यात रहे। अक्टुबर ८, १९७१ मा, भारत पश्चिम बंगालको कालिम्पोंग जिल्लामा जन्मिएका शेर्पाले ९ वर्षको उमेरदेखि नैै गितार बजाउँदै आएका थिए। उनको निधनले सम्पूर्ण संगीतप्रेमिहरु शोकमा परेका छन्।