के महरा सोमवार छुट्लान ?

काठमाडौं। जिल्ला अदालत काठमाडाँले बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि हेर्दाहेर्दैमा सोमबारका लागि तोकेको छ।

जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा आज सुनुवाइ शुरु भए पनि समयाभावका कारण हेर्दाहेर्दै भोलिका लागि राखिएको अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भोलि फैसला आउनेछ। पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ।

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको छ। एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा गत असोज १९ गते प्रहरीले पक्राउ अनुसन्धान शुरु गरेको थियो।

अन्य सम्बन्धित समाचार:  ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश