नेपालमा फेरि पश्चिमी वायुको प्रवेश,केही स्थानमा वर्षा हुने

काठमाडौँ।  नेपालमा फेरि पश्चिमी वायु प्रवेश गरेको छ। बुधबार विहानदेखि प्रवेश हुने पश्चिमी वायुका कारण मौसममा बदली आउने मौसमविदहरुले जानकारी गराएका छन्।

बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका अनुसार यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पश्चिमी वायु प्रवेश गरेपछि अनुमान गर्न सकिने बताइन्छ। बुधबार देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’मौसम बदली भने देशभरै गराउने छ।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने बताएको छ।

यसैबीच आज (सोमबार) पनि मध्य तथा पूर्वी पहाडका आइसुलेटेड (निश्चित एक–दुई ठाउँ) स्थानमा हल्का वर्षा हुने सम्भावना छ। आजको सम्भावित वर्षा नेपालको स्थानीय वायुबाट विकसित प्रणालीको प्रभावले हुने हो।

अन्य सम्बन्धित समाचार:  ठाकुर र महतोमाथि कारवाही हुनसक्छः यादव समुह