नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।

ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ। बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथी वैशाख २७ मा मतदान