‘अमेरिकन आइडल’मा नेपालका दिवेश पोख्रेल छानिए(भिडियोसहित)

काठमाडौं। काठमाडौंका दिवेश पोख्रेल ‘अमेरिकन आइडल’ हलिउडको प्रस्तुतिका लागि छानिएका छन्। आइतबार अमेरिकी च्यानल ‘एबिसी’ बाट प्रसारण  भएको शोको पहिलो  राउण्डबाट उनी छानिएका हुन्।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोख्रेल करिव ६ वर्षअघि देखि अमेरिकाको क्यान्सस राज्यको विचिटामा बुबा आमासँग बस्दै आएका छन्।

छनोटका क्रममा उनले पटक पटक नमस्ते गर्दै आफू नेपालमा जन्मेको र नेपालको सुन्दरताको प्रकाश पार्न कोसिस गर्ने बताएका छन्। उनले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको पनि बताएका छन्।

अन्य सम्बन्धित समाचार:  पार्टी फुट्ने भयो, पैसाको झोलासहित घरदैलो गर्दैछन्ः जसपा नेता पाण्डे