गोदावरी नगरपालिकास्थित लेलेमा रहेको एक घरमा शक्तिशाली बम फेला

ललितपुर।  ललितपुरको गोदावरी नगरपालिका -५  लेलेमा बम फेला परेको छ। स्थानीय शुकराम मिजारको घर नजिक उक्त ग्रिनेट फेला परेको घटनास्थल पुगेको प्रहरीले बताएको छ। नेपाली सेनाको टिकाभैरव र लेलेबाट बम डिस्पोजल टोली घटनास्थलमा पुगेको र ग्रिनेडलाई निस्कृय बनाउने कार्य जारी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भईरहेको महानगरिय प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।

अन्य सम्बन्धित समाचार:  नेपालमा कोरोना संक्रमितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्रमण पुष्टि