प्रारम्भिक साक्षरता तथा पुर्व गणितीय सीप तालिम सम्पन्न

महेश सिंह। महेश सिंह। सिरहाको लहानमा बाल शिक्षिकाहरुका लागि पाँच दिने प्रारम्भिक साक्षरता तथा पुर्व गणितीय सीप तालिम सम्पन्न भएको छ। तालिमको उद्देश्य केन्द्रमा साक्षरता तथा गणितीय सीपको बारेमा शिक्षिकाहरुलाई जानकारी गराई सक्षम बनाउनु रहेको आयोजक सबल नेपालका शिक्षा अधिकृत निरबहादुर आले मगरले जानकारी दिए।

सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित तालिममा सो नगरपालिकाका २५ वटा बाल बिकास केन्द्रका २५ जना नै बाल शिक्षिकाको सहभागिाता रहेको थियो। बाल बिकास केन्द्रहरुलाई नमुना बाल बिकास केन्द्र बनाउनका लागी समेत तालिमको आयोजना गरिएको जनाईएको छ।

तालिमको सहजिकरण सेभ द चिल्ड्रेनका शिक्षा बिभागका प्रोग्राम कोर्डिनेटर रिता तामाङ र सबल नेपालका शिक्षा अधिकृत निर बहादुर आले मगरले गरेका थिए। तालिमको सहजिकरण सबल नेपालका सुपरभाईजर अजय कुमार साह , राधा कुमारी चौधरी र डिकुरा पोखरेलले गरेका थिए।

अन्य सम्बन्धित समाचार:  हाल ५० लाख डोज कोभिसिल्ड खरिद गर्ने अवस्था छैनः स्वास्थ्य मन्त्रालय