आरआर क्याम्पसमा नेविसंघ र अनेरास्ववियूबीच झडप

काठमाडौँ।  काठमाडौँको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघबीच झडप भएको छ।

सोमबार बिहान भएको झडपमा अनेरास्ववियूको आक्रमणबाट नेविसंघका नेताहरु आविष्कार पौडेल, कुशल बस्नेत, सुमन खड्का घाइते भएका छन्।

साथै अनेरास्ववियूका नेताहरु सङ्गम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपने पनि घाइते भएका छन्। उनीहरुलाई प्रहरीले पक्राउ गरेका छ।

यसैगरी नेविसंघबाट पक्राउ पर्नेमा पुष्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का रहेका छन् । पक्राउ परेका विद्यार्थीलाई पुलिस क्लवमा राखिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना–सङ्क्रमणमुक्त हुँदै काभ्रे