निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगियो

काठमाडौं। जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयास मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो।उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन्।

अन्य सम्बन्धित समाचार:  ठाकुर र महतोमाथि कारवाही हुनसक्छः यादव समुह