स्वर्गीय केशव भट्टराईको परिवारलाई ‘आमा’ र ‘छक्का पञ्जा’ टिमको सहयोग

काठमाडौँ। यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आमा’ र ‘छक्का पञ्जा’ टिमले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेको छ। ‘आमा’ निर्मात्री शर्मिला पाण्डेले  राजधानीमा एक कार्यक्रमका बीच स्व भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार रुपैयाँ हस्तान्तरण गरेकी हुन्।

कलाकार केशव भट्टराईको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर सुनेपछि फिल्मको तर्फबाट आफूले सहयोग गरेको निर्मात्री पाण्डेले बताएकी छिन्। आफू पनि एउटी आमा भएकाले आमाको मर्म बुझेको बताउदैन सबै मिलेर स्वर्गीय केशवको परिवारलाई सहयोग गर्न अपिल समेत गरेकी छिन्।

त्यस्तै ‘छक्का पञ्जा’ टिम अर्थात् दीपकराज गिरी समुहले पनि स्वर्गीय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै स्व। भट्टराईको परिवारको आर्थिक अवस्था टिठ लाग्दो रहेको सुन्दर दुख लागेको बताएका छन्।