‘क्वीन अफ काटवे’ की अभिनेत्रीको निधन

काठमाडौँ। १५ वर्षीय बाल कलाकार निकिता पर्ल वेलिग्वाको ब्रेन ट्युमरको कारण निधन भएको छ। उनले चर्चित अङ्ग्रेजी फिल्म ‘क्वीन अफ काटवे’ मा महत्वपूर्ण भूमिका निभाएकी थिइन्।

युगान्डामा जन्मिएकी १५ वर्षीय निकिताको ब्रेन ट्युमरका कारण निधन भएको हो। नायिका सन २०१६ देखि ब्रेन ट्युमरबाट पीडित थिइन्। पहिलो चरणको अप्रेसन सफल भएको थियो। सन २०१९ मा गरिएको दोस्रो अप्रेसन सफल हुन सकेन। उनी ग्याजा हाई स्कुलकी विद्यार्थी हुन्।

उक्त फिल्ममा म्युत्सीको जीन्दगीको कहानी समावेश गरिएको थियो। उनलाई युगाण्डाको प्रसिद्ध एवं सफल शतरञ्ज खेलाडी मानिन्थे। म्युत्सीले तीन पटक विमेन जुनियर च्याम्पियन जितेकी थिइन्।