मङ्गलबार दिनभर नै तुवाँलो, बुधबार र बिहीबार पानी पर्ने सम्भावना

काठमाडौँ। मङ्गलबार पूर्वी पहाडको केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी वायु तथा पूर्वी भेगमा न्यून चापीय प्रणालीको असर देखिएको छ। यही असरका कारण पहाडी भेगमा दिनभर बदली भइ पूर्वी पहाडका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै बुधबार देशभरि नै बादल लागेर पहाडका धेरैजसो ठाउँमा सामान्य पानी पर्ने बताइएको छ। आउँदो बिहीबार देशभर सामान्यदेखि मध्यमस्तरको पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशााखाले अनुमान गरेको छ।

मङ्गलबार काठमाण्डौ उपत्यकाका धेरैजसो ठाउँमा दिनभर नै तुवाँलो लाग्ने मौसमविद्ले बताएका छन्। सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा त्यसको उल्टो सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो रहेको मौसमविद्ले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  भारतीय कुखुरा तस्करीले बर्डफ्लुको जोखिम

तुवाँलो हट्न पानी पर्नुपर्ने वा हावा तात्ने गरी घाम लाग्नुपर्नेमा त्यो दुवै नभएकोले मङ्गलबार पनि तुवाँलो लागिरहने छ।

तुवाँलोसँगै हावामा धुलो, धुवाँ र बालुवाको मसिनो कण धेरै रहेकोले घरबाहिर निस्कँदा मास्क ९मुखावरण० लगाउन डाक्टरहरुले आग्रह गरेका छन्। बुधबार सामान्य पानी परेर तुवाँलो हट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।