‘कमेडी च्याम्पियन’ बाट सुसन कार्की बाहिरिए

काठमाडौँ। हास्य विधाका रियालिटि सो ‘कमेडी च्याम्पियन सिजन १’ बाट सुसन कार्की बाहिरिएका छन्। उनी उत्कृष्ट ५ बाट बाहिरिएका हुन्।

सुसनलाई कमेडी च्याम्पियनको राइजिङ स्टार भनेर चिन्ने गरिन्थ्यो। उनलाई यही नामले पनि सम्बोधन गरिन्थ्यो। उनी राजनीतिक र सामाजिक विषयवस्तुमा केन्द्रित रहेर व्यङ्ग्य गर्थे।

सुसन बाहिरिएसँगै अब उत्कृष्ट ४ मा विष्णुप्रसाद गौडेल (मेक्साम), हिमेश पन्त, खड्गबहादुर पुन मगर र सुमन कोइराला रहेका छन्।