‘बुलबुल’ लाई फिचर विधाका सबै पुरस्कार

काठमाडौँ। विनोद पौडेलको निर्देशनमा बनेको चलचित्र ‘बुलबुल’ ले सोमबार सम्पन्न भएको ‘नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल’ मा डबल ह्याट्रिक गरेको छ। पाँच दिन सम्म चलेको फेस्टिभलमा ‘बुलबुल’ ले फिचर विधाका सबै पुरस्कार हात पार्न सफल भएको छ।

यो फिल्मले नेपाल पनोरमाको फिचर तर्फ उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, र उत्कृष्ट अभिनय जुरी अवार्ड पुरुष महिला गरी जम्मा ६ वटा विधामा अवार्ड हासिल गर्न सफल भएको छ।

फिल्मबाट विनोद पौडेलले पटकथा र निर्देशकको अवार्ड जितेका छन्। भने स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री तर्फको अवार्ड जितेकी हुन्। जुरी अवार्ड पुरुष र महिलातर्फ क्रमशः मुकुन भुषाल र लक्ष्मी बर्देवाले हात पारेका छन्।