प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौँ।  संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने तालिका रहेको छ।

आज अपराहन्न बस्ने बैठकमा राष्ट्रिय सभाबाट आएको मिडिया काउन्सिल र अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिको विधेयक टेबुल गरिने कार्यक्रम रहेको छ।

त्यस्तै लेखा समितिको प्रतिवेदन पेश हुने छ भने उर्जा, कृषि स्वास्थ्य तथा कानुन मन्त्रालय सम्बन्धि प्रश्न उत्तरको कार्यक्रम समेत रहेको छ।

अन्य सम्बन्धित समाचार:  पशुपतिमा दाउरा कमी नहोस्ः वनमन्त्री आले