सिरहाबाट लागु औषधसहित दुई जना पक्राउ

महेश सिंह, सिरहा।  सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चहोर्वा बाट लागु औषधसहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा सोमबार प्रतिबन्ध (ब्राउन सुगर)  सहित दुई जना लाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोलबजार नगरपालिका ७ को २४ वर्षिय कृष्णा यादव र ४ को २२ वर्षिय प्रवेश महतो रहेका छन्।

आफ्नै घरको कोठामा बिक्री बितरणको लागि प्लाष्टिकको पोकामा तयार पारिएको सानो सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ ग्राम ब्राउन सुगर मोवाईल ७ थान नगद १५ हजार १ सय ७ रुपैयाँ सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  चट्याङ लागेर प्रहरी चौकीका प्रमुखको मृत्यु

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदिले बताए।