गुन्डा नाइके लामा पक्राउ

काठमाडौँ।  गुन्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी प्रहरीसँगै विवाद गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति लाजिम्पाटबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनी काभ्रेली गुन्डा समूहका सदस्य हुन्। उनले होटल सांग्रिलाबाट मादक पदार्थ सेवन गरेर जाने क्रममा प्रहरीसँग विवाद गरेको बताइएको छ।

यस अधि विभिन्न पटक पक्राउ परेर छुट्दै आएका लामामाथि एक व्यक्तिको २५ लाखको चेक लुटेको उजुरी प्रहरीमा परेको थियो।

अन्य सम्बन्धित समाचार:  माटोको ढिस्कोले पुरिएर आमा—छोराको मृत्यु