महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा शोभायात्रा

काठमाडौँ। यस वर्षको महाशिवरात्रिको पूर्वसन्ध्यामा मंगलबार शोभायात्रा गरिएको छ।

नेपाल भ्रमण वर्षसँग जोडेर महाशिवरात्रिलाई भव्य रूपमा मनाउने योजनाअनुसार मंगलबार शोभा यात्रा गरिएको हो।

महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो।

यात्रामा साधुसन्त, महन्त, सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्यान्ड टोलीको पनि सहभागिता थियो। यसैगरी कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्रि मूल समारोह समारोह समितिलगायतको सहभागिता थियो।

अन्य सम्बन्धित समाचार:  ‘एमाले-एमाले’ बीच भिडन्त, बादलविरुद्ध माधव पक्षका खिमलाल उम्मेदवार