दाइजोको कारण गायिकाले गरिन आत्मा हत्या

काठमाडौँ। भारतीय चर्चित गायिका सुष्मिता मंगशातामले आफ्नो माइतमा आत्मा हत्या गरेकी छिन्। उनी कन्नड फिल्मकी चर्चित गायिका हुन्।

आत्मा हत्या गर्न अगाडि सुष्मिताले निक्कै लामो मेसेज आफ्नो आमालाई पठाएर मृत्युको कारण बताउँदै दोषीलाई नछोड्न आग्रह गरेकी छिन्।

यसबारे भारतीय पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ। जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले यस्तो कदम उठाएको बताएकी छिन्।

स्रोतका अनुसार करिब डेढ वर्ष अघि शरत कुमारसँग सुष्मिताको विवाह भएको थियो। विवाह पछि दाइजोको कारण सुस्मितालाई श्रीमान पट्टिले दुःख दिएको बताइएको छ।

विवाहको केही समयपछि नै श्रीमान् र घरका सदस्यसँग उनको मतभेद भएको थियो। झगडा बढ्दै गएपछि उनी माइतीमा नै बस्न थलोकी बताइएको छ।