कर्मचारीमा सामन्ती संस्कार हटेन : सांसद शर्मा

काठमाडौँ।  सांसद इन्दु कुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन नसकेको बताएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै शर्माले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य भएको छैन भन्ने अनुभूति स्वयम् आफैंले प्रत्यक्ष देखेको बताएकी हुन्। ‘उच्च पदस्थ कर्मचारीहरुले हामी जनप्रतिनिधिहरुको सामुन्नेमै हामीसँग गएका कर्मचारीलाई तुच्छ भाषा ‘तँ तँ’ भन्ने व्यवहार प्रयोग गरेकोले मलाई दुखी बनाएको छ’, शर्माको गुनासो छ।

उनले आफुले जनताको काम लिएर विभिन्न मन्त्रालयहरुमा जाँदा उच्चपदस्थ कर्मचारीहरुले आफ्ना मातहतका कर्मचारीहरुसँग गरेको कुराकनी र व्यवहार अत्यन्त तुच्छ भएको पाएको बताइन्।

‘नेपालको संविधानको २०७२ को भाग ४ ग १ र ५ मा सामाजिक सांस्कृतिक रुपान्तरणसम्बन्धि नीतिमा सभ्य संस्कृतिको विकास गर्ने, समाजमा विद्यमान धर्म परम्परा तथा संस्कारहरुको नाममा हुने विभेद, असमान व्यवहार अन्त्य गर्ने भनेको छ। तसर्थ राज्यका सुरक्षा निकाय, न्यायलयका कर्मचारीतन्त्रभित्र आफ्ना मातहतका कर्मचारीसँग हेपाहा भाषाको प्रयोग नगरी राजा र रैतीजस्तो व्यवहार नगरी सभ्य र सम्मानजनक व्यवहार गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहान्छु’, शर्माले संसदमार्फत ध्यानाकर्षण गराइन्।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओली र महन्थबीच भेटवार्ता, के भयो कुराकानी?