नेपाल ल्याइएका १७५ जनामै कोभिड-१९ संक्रमण देखिएन

काठमाडौँ।  कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमण महामारीको रुपमा फैलिएको चीनको हुबेइबाट उद्धार गरी ल्याइएका सबै नेपालीमा संक्रमण नरहेको पुष्टि भएको छ।

भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा रहेका १७५ जनाको नमूना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको हो । सबै १७५ जनाको ‘थ्रोट स्वाव’ तथा ‘नेजल स्वाव’ को नमूना संकलन गरिएको थियो।

सबै नमूनाको परीक्षण मंगलबार बेलुका सकिएको र नतिजा नेगेटिभ अर्थात उनीहरुमा कोभिड–१९ को संक्रमण नरहेको पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।
यसबारे बुधबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने प्रयोगशालाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई भन्यो— कोरोना बिरामीका आफन्तसँग अक्सिजन नमाग्नू