हिमेश पन्त ‘कमेडि च्यम्पियन’ को टप–३ मा

काठमाडौँ। युवाहरूको ढुकढुकी बनि सकेका हिमेश पन्त हास्य विधाका रियालिटि सो ‘कमेडि च्यम्पियन’ को उत्कृष्ट –३ मा पर्न सफल भएका छन्। यो हप्ताको प्रफमेन्स अफ दि राउन्ड भएसँगै उनी उत्कृष्ट–३ मा पर्दै फिनालेको यात्रा तय गर्न सफल भएका छन्।

उनले वल्र्ड टुरको अवसर पाएसँगै एक्सप्रेस सेवा सिड्नीको तर्फबाट नगद रु २५ हजार प्राप्त गरेका छन्। इ सेवाको फोन पे मार्फत पनि उनले रु २५ हजार रकम प्राप्त गरेका छन्। साथै विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन्। उनले प्राप्त गरेको रकम मध्ये २५ हजार रुपैयाँ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशालालाई प्रदान गरेका छन्।

हिमेश पन्त उत्कृष्ट–३ मा पर्न सफल भएसँगै भोटिङ राउन्डमा विष्णुप्रसाद गौडेल (मेक्साम), खड्गबहादुर पुन मगर (खबपु) र सुमन कोइराला गएका छन्।

अन्य सम्बन्धित समाचार:  ‘कबड्डी–४’ ०७८ असोज १५ मा रिलिज हुने