मेरो सफलता देखेर डाहा गरिरहेका छन्ः नेहा कक्कड

काठमाडौँ। भारतीय गायिका नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअप भएको निक्कै समय बितिसकेको छ। उनीहरूको ब्रेकअप भए पछि नेहा थुप्रै कार्यक्रमहरूमा रोइरहेको देखिएकी थिइन्।

उनको यो व्यवहार देखेर हिमांशले नै धोका दिएको भन्ने अनुमान गरिएको थियो। यस पछि धेरैले नै हिमांशको गल्ती हो भनेका थिए। उनीहरु बिचको सम्बन्धको बारेमा कुरा सेलाइ सकेको थियो। तर अहिले उनीहरु बीचको सम्बन्धमा पुनः तनाव देखिएको छ।

अहिले यी सबै विवाद माथि हिमांश कोहलीको जवाफ आएको छ। जसलाई सुनेर नेहा कक्कड निकै कडा रुपमा प्रस्तुत भएकी छिन्। नेहाले इन्स्टाग्राममा एउटा लामो पोस्ट सेयर गरेकी छिन्। उनले निकै घुमाउरो शैलीमा हिमांश माथि उनको इमेज खराब गरेको आरोप लगाएकी छिन्। नेहाले लेखेकी छिन्। ‘जसले मेरा बारे नराम्रो भनिरहेका छन्। उनीहरु झुटा हुन्। र मेरो सफलता देखेर डाहा गरिरहेका छन्।’

अन्य सम्बन्धित समाचार:  कमेडी च्याम्पियन सिजन–२ आजबाट

नेहाले आफ्नो पोस्टमा एकपटक पनि हिमांशको नाम लिइनन् तर उनले उनकै लागि यस्तो लामो पोस्ट लेखेको स्पष्ट हुन्छ।

केही समय अघि हिमांश कोहलीले नेहासँगको ब्रेकअपबारे मुख खोलेको थिए। उनले उक्त ब्रेकअप पछि उनलाई संसारले नै भिलेनमा रुपमा हेरिएको बताएका छन्। उनले भने, ‘कसैले पनि वास्तविकता के थियो भनेर जान्न चाहँदैनथ्यो र म भिलेन बनेको थिएँ। यसले मलाई निकै तनावमा पारेको थियो। मैले केही पनि भनेको थिइनँ र मानिसहरूले आ–आफ्नो निष्कर्ष निकाल्न थालेका थिए।’