‘धुलो’को ट्रेलर सार्वजनिक

काठमाडौं। नेपाली कथानक चलचित्र ‘धुलो’को ट्रेलर सार्वजनिक भएको छ । फगुन १३ गतेदेखि प्रर्दशनमा आउन लागेको यस चलचित्रलाई प्रद्युम्न मिश्रले निर्देशन गरेका हुन्।

यस चलचित्रमा वुद्दि तामाङ, श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, सुदिप कार्की लगायतका कलाकारहरुको भूमिका रहेको छ। काठमाडांैमा मजदुरी गर्ने मानिसको वास्तविक जीवनशैली, सपना, संघर्षको कथा प्रस्तुत गरिएको यस चलचित्रमा कलाकार नीर शाह, सुशिल पोखरेल र लक्ष्मी वर्देवाको पनि विशेष भूमिका रहेको छ।

निर्देशक मिश्रले लामो समय आफूले संचार र चलचित्र क्षेत्रमा बिताएको अनुभव यो चलचित्रमा लगाएको बताएका छन्। नायिका श्रृजना सुब्बाले वास्तविक कथामा चलचित्र बनेको बताएकी छिन्।

रविन आचार्यले छायांकन गरेको यस चलचित्रमा अर्जुन जीसीको सम्पादन रहेको छ। भने कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेका हुन्।