एक लाख घुस सहित ईन्जिनियर पक्राउ

बैतडी। बैतडीमा एक इन्जिनियर १ लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन्। जलश्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख समेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुस रकम सहित पक्राउ परेका हुन्। उनलाई आज बिहानै उनलाई अख्तीयारको टोलिले पक्राउ गरेको हो।

चमेलिया नदि नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घूस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तीयार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरका सुचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कन्चनपूरबाट खटिएको प्रहरी निरिक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलिले पक्राउ गरेको हो। उनलाई आजै कञ्चनपूर लगेर थप अनुसन्धान गरिने सुचना अधिकारी बिष्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कैलालीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी