कोरोना भाइरसका कारण चिनियाँ निर्देशकको निधन

काठमाडौँ। चिनिँया चलचित्र निर्देशक र उनको परिवार कोरोना भाइरसको कारण मृत्यु भएको छ। उनकी बहिनी, आमा, बुबासँगै उनको मृत्यु वुहानमा भएको हो।

निर्देशक च्याङ काइको मृत्यु फागुन २ गते भएको हो। उनका मातापिताको मृत्यु दुई हप्ताको बीचमा भएका थियो।

च्याङको मृत्यु भएको केही घन्टापछि बहिनीको पनि मृत्यु भएको छ। च्याङकी पत्नीको अहिले स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

वुहानहुबेई प्रान्तमा मृत्युदर अन्य क्षेत्रको तुलनामा उच्च छ। धेरै रोगीहरूले अस्पतालमा बेड पाउन पनि मुस्किल परेको बताएका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यो रोग पाँचमध्ये चार रोगीमा सामान्य भए पनि लगभग २० प्रतिशतलाई कडा लक्षण देखिने जनाएको छ।