कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउने दुई हजार बढि

काठमाडौं। कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ। यस भाईसरबाट चीनमा दुई हजार एक र अन्य देशमा चार जना गरी ज्यान गुमाउनेको संख्या दुई हजार पाँच पुगेको अन्तराष्ट्रिय समाचार संस्था सीएनएनले उल्लेख गरेको छ। चीनबाहिर फिलिपन्स, हङकङ, जापान र फ्रान्समा एक जनाको दरले मृत्यु भएको हो।

कोरोना भाइरसको प्रकोप अझै जारी रहेको छ र विश्व स्वास्थ्य संगठनले यसलाई खतरनाक बिमारी घोषणा गरिसकेको छ। यता चीनको वुहानबाट नेपाल ल्याईएका सवै १७५ जनाको स्वास्थय परिक्षण्को क्रममा कुनै पनि संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ।

अन्य सम्बन्धित समाचार:  घरबाहिर निस्कनेलाई कानूनी कारवाही हुने, मास्क नलगाए सय रुपैयाँ