‘सेन्टी भाइरस’को ‘ए नि लै’(भिडियोसहित)

काठमाडौँ। प्रदर्शन मिति २ दिन मात्र बाँकी हुँदा चलचित्र ‘सेन्टी भाइरस’ को अर्को गीत सार्वजनिक भएको छ। बुधबार ‘ए नि लै’ बोलको गीत सार्वजनिक गरेको हो। सुशान्त गौतमको आवाजमा रहेको यस गीतमा हर्क साउदको सङ्गीत रहेको छ।

शुभविहानी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘सेन्टी भाइरस’मा सिताराम कट्टेल (धुर्मुस), कुन्जना घिमिरे (सुन्तली), दयाहाङ राई, सन्दिप क्षेत्री, विल्सन बिक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

रामबाबु गुरुङको निर्देशन रहेको यस फिल्मको आम्दानी मध्येको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रङ्गशाला लाई दिने घोषणा निर्माण युनिटले केही समय अगाडि गरेको छ।