चीनले गर्‍यो तीन पत्रकारलाई देश निकाला

काठमाडौँ। चीनले तीन अमेरिकी पत्रिका ‘द वाल स्ट्रिट जर्नल’का तीन पत्रकारलाई देश निकाला गरेको छ।
वाल स्ट्रिट जर्नलमा छापिएको लेखका कारण उनीहरूलाई देश निकाला गर्नु परेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेंग सुयाङले बताएका छन्।

फेब्रुअरी ३ मा जर्नलले ‘चाइना इज द रियल सिकम्यान अफ एसिया’ शीर्षकमा एउटा लेख प्रकाशित गरेको थियो।जातीय भेदभावपूर्ण शीर्षक राखेर चिनियाँ नागरिक र अन्तर्राष्ट्रिय समुदायमा घृणा फैलाएको चीनको आरोप छ।

यो लेख छापिएपछि पत्रिकाले सार्वजनिक रूपमा माफी नमागेको र यसमा संलग्नहरुलाई कुनै कारबाही गर्ने जानकारी पनि नदिएकाले बेइजिङ ब्युरोमा कार्यरत पत्रकारको प्रेस पास फिर्ता लिने निर्णय भएको हो।

उनका अनुसार तीनै पत्रकारलाई पाँच दिनभित्र चीन छोड्न भनिएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना भाइरसको तेस्रो लहर चाँडै सुरु हुन्छ, सतर्क रहनूस: भारतीय स्वास्थ्य मन्त्रालय