मैले भोगीरहेको ‘म’ 

                                                                                        – करन गिरी


घमण्डी हैन अलि जिद्दी भने पक्कै छु म। मन पर्नेको लागि ज्यान दिन तयार मान्छे म, मन नपरेका र खराब कुरामा कसैलाई समर्थन गर्दिन।  मन नमिल्नेहरू सँग कहिले नजिकिने चलन छैन्। अनि दुःख पनि देखाउने बानी छैन मेरो। म भन्छु आफन्तहरूलाई, की मलाई माया गर्नु हैन भने खुसी म आफै हुन जानेको छु।

कहिले काम प्यारो लाग्छ, कहिले दाम प्यारो। जब बदनाम भइन्छ, तब नाम प्यारो लाग्छ। हिड्ने ति खुट्टाहरूमा त कति फरक छ, एउटा अघि छ भने अर्को पछि। तर न त अघि हुनेलाई घमण्ड छ न पछि हुनेलाई अपमान, किनकी उनीहरूलाई थाहा छ की पल भरमै यो परिवर्तन हुन्छ र यसलाई जिन्दगी भनिन्छ।  सहज परिस्थितिमा त जो पनि बाँच्छ, किनकी इच्छाहरू मारेर सपनाको पछाडि दगुर्नु दुर्भाग्य भन्दा धेरै गलत निर्णय थियो।

बुवा हजुरले मेरो खुसी र उज्वल भविष्यको निम्ती सङ्घर्ष गर्दा गर्देै चाउरी परेका गाला र फुटेका ती पैतालाको कहिल्यै अवमूल्यन हुन दिने छैन्। अरुलाई सुधार्न खोज्नेले सँधै हार खान्छन्, आफूलाई सुधार्नेले संसार बदल्ने छन्। तपाईका बचन थियो, तिम्रो जिन्दगीबाट कोही गयो भने दुःख नमान चाहे मै किन हुँ। उसले तिम्रो लागि योग्य ब्यक्तिको ठाँउ खाली गरिदिएको हो। यस्ता असहज परिस्थितिलाई सहज बनाएर अघि बढ्नु नै वास्तविक जीवन हो।

मन भित्र जमेर बसेका कैयौँ पीडाहरूको भार थाम्न सक्ने शक्ति नै मुस्कानमा हुँदोरहेछ। फेरि रहने पात्रो र नफेरिने पात्रमै सीमित छ जीवन। जो आफ्नो जिन्दगी देखेर सदैव निरास रहन्छ, उनीहरु जीवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी त सिक्न र सिकाउन, जान्न र रमाउनको लागी न हो।  पुतलीले महिना होइन पल गन्छ, जसले गर्दा ऊ सँग प्रर्याप्त समय हुन्छ, त्यसैले सफल बन्नको लागी नयाँ दिनको सुरुवात नयाँ सोचबाट सुरु गर्नुस्, हिजोको दिन कस्तो भयो बिर्सिदिनुस् र आजको दिन कस्तो बनाउने सोच्नुस्।

मन भित्र जमेर बसेका कैयौँ पीडाहरूको भार थाम्न सक्ने शक्ति नै मुस्कानमा हुँदोरहेछ। फेरि रहने पात्रो र नफेरिने पात्रमै सीमित छ जीवन। जो आफ्नो जिन्दगी देखेर सदैव निरास रहन्छ, उनीहरु जीवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी त सिक्न र सिकाउन, जान्न र रमाउनको लागी न हो।

हरेक मानिसको भाग्य हुन्छ, भाग्यलाई धिक्कार्दै कति रुनु, बाँच्नेहरु सबै सँग आ–आफ्नै पिर हुन्छ। म आफैमा रमाउन खोज्दा खोज्दै खै के खै के हुन पुग्छ। जब मनमा पीडाको बरफ जम्छ, अनि आँखाबाट आँसु बनेर झर्छ। यो ठण्डी त निर्दोष छ एकान्त र एक्लो पन बाहेक अन्त मन जाँदैन।

अनि कल्पना गर्छु हिरालाई चिन्नु छ भने अन्धकारको प्रतिक्षा गर्नुहोस्, घाममा त सिसाको टुक्रा पनि चम्किन्छन् भन्ने भनाई नै छ।
म संसार जित्ने होडमा हिडिँरहँदा उनले आफ्नो संसार नै बसाई सकेका रहेछन्। उनको मायाको त के कुरा गर्नु त्यसैले जिन्दगी एउटा यात्रा हो जन्म देखि  चिहान सम्मको। धेरै फरक छ तिमीले देखेको ‘म’ र मैले भोगीरहेको ‘म’ मा।