महाशिवरात्रिमा पशुपति परिसरमा गाँजा खान नपाईने (भिडियोमा हेर्नुहोस्)

काठमाडौं।महाशिवरात्रिको तयारी पुरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। शुक्रवार हुने शिवरात्रिको अवसरमा बुधवार कोषमा गरिएको पत्रकार सम्मेलनमा विभिन्न समितिहरु गठन भइसकेकोउल्लेग गरिएको छ। महाशिवरात्रीका लागि सुरक्षा व्यवस्थाको तयारीसमेत पुरा भएको कोषले जनाएको छ। पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिए अनुसार ’नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका समेत सुरक्षाकर्मी, जनशक्ति मेला अवधिभर परिचालन गरिने छ। सादा पोशाकमा समेत प्रहरीहरु परिचालन गरी मेला क्षेत्रको विशेष अनुगमन गरिनेछ। महाशिवरात्रिमा पशुपति परिसरमा गाँजा खान नपाईने र पासको व्यवस्था हटाईएको समेत उल्लेख गरिएको छ। (भिडियोमा हेर्नुहोस्) 

 

 

 

अन्य सम्बन्धित समाचार:  नयाँ सरकार बनाउन समर्थन जुटाउने काँग्रेसको निर्णय