सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न माग गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी मन्त्री बाँस्कोटालाई बखास्त गर्न माग गरेको हो।

सेक्युरिटी प्रेस खरिदसम्बन्धी खरिद प्रक्रियामा एक विदेशी कम्पनीका नेपाल एजेन्टसँग घूस मागेको अडियो बाहिर आएपछि कांग्रेसले मन्त्री बाँस्कोटको राजीनामा माग गरेको हो।

अन्य सम्बन्धित समाचार:  ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक