घुस प्रकरणमा कांग्रेसले गर्‍यो राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौँ।  नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। सञ्चारमन्त्री गोकुल बाँस्कोटा घुस बार्गेनिङ्गमा संलग्न भएको अभियोग लागेपछि उनलाई तत्काल बर्खास्त गर्नु पर्ने माग गर्दै कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो।

कांग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभामा ७० करोड बराबरको घोटालामा मुछिएका सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी छानबिन गर्नु पर्ने माग गरे। त्यसपछि कांग्रेस सांसदले बैठक अवरुद्ध पारेका हुन्। राष्ट्रियसभाको बैठक फागनु १५ गतेसम्मका लागि स्थगित गरिएको छ।

सामान्यतया समसामयिक विषयमा राष्ट्रियसभा बैठकमा अवरोध गर्ने परम्परा छैन। तर सञ्चारमन्त्रीको घुस प्रकरणमा भने कांग्रेसले अवरोध गरेको हो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय नर्स दिवसको शुभकामना