चलचित्र ‘आमा’ भोली रिलिज हुँदै आमालाई लिएर फिल्म हेर्न गए फ्रि टिकट

काठमाडौँ।  नेपाली कथानक चलचित्र ‘आमा’ले केही हलमा आमालाई लिएर फिल्म हेर्न गए आमाको टिकटको पैसा नलिने जनाएको छ।

यो अफर सबै हलमा भने लागु हुने छैन। जय नेपाल हलमा बिहान ११ः ४५, क्युज सिनेमामा विहान १०ः ४५ र

कुमारी हलमा बिहान साढे ८ बजेको सोमा सन्तानका साथमा जाने आमाको टिकटको पैसा नलिने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए।
हस्पिटल ड्रामा चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन्।

हस्पिटल ड्रामा ‘आमा’ दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको छ। चलचित्र ‘आमा’ भोली अल नेपाल रिलिज हुँदैछ।