तीर्थयात्राका लागि भारत गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु

भारत। भारतमा तीर्थयात्राका लागि गएका ६ जना नेपालीको दुर्घटनामा मृत्यु भएको खवर छ । बिहीबार सलेम बेंगलरु नेशनल हाइवेमा नेपाली तीर्थयात्री सवार मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ। उक्त बस दुर्घटनामा १८ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ।

बस मोडिने क्रममा राजमार्गमा अर्को बससँग ठोक्किदा २ जना महिलासहित ६ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। जसमा ५६ वर्षका गोपाल तामाङ, ६० वर्षका विष्णु दाहाल, ४६ वर्षका वीरबहहादुर राई, ५० वर्षका टीकाराम र ५० वर्षकी बेलुकारी चौधरीको पहिचान भ एभने अरुको नाम आउन सकेको छैन। प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ । नेपालको सुनसरी जिल्लाबाट गएका तीर्थयात्रीहरु ३४ जना थिए ।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव पक्षबीचको ३ बुँदे सहमतिमा हस्ताक्षर