सभामुख सापकोटा भन्छन्,‘ मन्त्री बास्कोटाले राजीनामा दिईसक्नु भयो’

काठमाडौं। सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा दिइसकेको सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा मन्त्री बास्कोटाले राजीनामा बुझाइ सकेको बताए।बास्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि राजीनामा आएको हो। । सभामुख अग्नि सापकोटाले बास्कोटाले राजीनामा दिएको  संसदमा जानकारी दिएका हुन्। संसदको बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो।

 

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा बहुमतको सरकार गठन गर्ने समय सकिँदै