सिड्नीबाट मेलबोर्न गइरहेको रेल दुर्घटनाग्रस्त

काठमाडौँ। अस्ट्रेलियाको सिड्नीबाट मेलबोर्न गइरहेको एक ट्रेन वालान शहर नजिक दुर्घटनाग्रस्त भएको छ।

स्थानीय समयअनुसार बेलुका ७ः५० मा रेल पटरीबाट खसेको थियो। तस्वीरहरूमा रेलको ट्य्राकबाट अनेकौं डब्बा खसेको र अगाडिको डब्बा छेउतिर झरेको देखिन्छ।

रेलमा रहेका एक यात्रुले दुर्घटना हुँदा लगभग २०० यात्रु रहेको बताए। रेल कसरी दुर्घटनाग्रस्त भयो भन्ने खुलेको छैन।
प्रहरी तथा उद्धारकर्ताहरू घटनास्थलमा पुगेका छन्।

अन्य सम्बन्धित समाचार:  डब्ल्यूएचओ भन्छः खोप उत्पादन बढाउन प्रतिलिपि अधिकार बाधक