लक्ष्मीनियाँ मावि कुम्हरौडामा सीपयुक्त शिविर सञ्चालन

जनकपुरधाम। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्(सीटीइभीटी)ले धनुषाको लक्ष्मीनियाँ मावि, कुम्हरौडामा प्राविधिक शिक्षा सम्बन्धी जनचेतना अभियान गरेको छ। सीटीइभीटीको सपहीस्थित क्षेत्रीय कार्यालयले प्राविधिक शिक्षाबारे जानकारी गराउन जनचेतना अभियानसहितको शिविर सञ्चालन गरेको हो।

लक्ष्मीनियाँ बजारस्थित लक्ष्मीनियाँ मावि कुम्हरौडामा आयोजित शिविरमा छात्रछात्राले सीप प्रयोग गरी तयार गरेको सामग्रि अवलोकनका लागि राखिएको थियो। उक्त अवसरमा यूरोपेली संघका राजदूत भेरोनिका कोडीले सीपयुक्त पठनपाठनको आवश्यकता र महत्वमाथि प्रकाश पारे।

उनले सीपयुक्त शिक्षाले रोजगारीको अवसर खोल्ने हुनाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रछात्रालाई प्रेरित गर्नपर्ने बताईन्। “सीप हुन्छ हातमा रोजगारी साथमा” नाराका साथ उक्त अभियान दुई साताअघि प्रदेश २ मा सञ्चालनमा आएको हो। अभियानको क्रममा सीटीइभीटीले प्राविधिक शिक्षालय वरपरका क्षेत्रमा रहेका सामुदायिक विद्यालय, रोजगारदाता तथा स्थानीय समुदायमा ‘पायलटिङ्’ गरिरहेको छ।

अन्य सम्बन्धित समाचार:  मालिकामा २० शय्याको आइसोलेसन वार्ड