कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म २२३२ जनाको मृत्यु

काठमाडौँ। कोरोनाभाइरसबाट चीनमा अहिलेसम्म २२३२ जनाको मृत्यु भइसकेको छ। समाचार एजेन्सी एएफपीका अनुसार चीनको हुवेइ प्रान्तमा थप ११५ जनको शुक्रबार मात्र मृत्यु भयो।

कोरोनाभाइरसको चपेटामा अहिलेसम्म करिब ७५ हजार जनामा संक्रमण देखिएको छ। यो २५ देशमा फैलिसकेको छ। सबैभन्दा बढी कहर चीनको हुवेई प्रान्तको वुहानमा देखिएको छ। जहाँ अघिल्लो वर्ष डिसेम्बरमा यो भाइरस देखिएको थियो। हुवेई स्वास्थ्य आयोगका अनुसार प्रान्तमा भाइरसका नयाँ ४११ रोगी आएका जसमा ३१९ जना वुहान र अन्य बाँकी सहरको बताएको छ।

उता दक्षिण कोरियामा शुक्रबार नयाँ ५२ संक्रमितसहित भाइरसबाट संक्रमितको संख्या १५६ पुगेको छ। यता नेपालमा फर्किएकाहरुमा भने कुनै संक्रमण नदेखिएको मन्त्रालयले बताइसकेको छ।

अन्य सम्बन्धित समाचार:  सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस, पुरुषसँग समान काम : ज्याला भने आधा कम