शिल्पा सेट्टी आमा बनिन्

काठमाडौं। बलिउड अभिनेत्री शिल्पा सेट्टी आमा बनेकी छिन्। उनले आमा बनेको कुरा सामाजिक सञ्जाल मार्फत भताएकी छिन्। शिल्पा दम्पित्तिले सेरोगेसीको माध्यमबाट छोरीको जन्म दिएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट छोरीको जन्म भएको हो। उनले छोरीको नाम समिषा सेट्टी कुन्द्रा राखेकी छिन्।

४४ वर्षिय शिल्पाले सन् २००९मा राज कुन्द्रासँग विवाह गरेकी थिइन्। त्यसको तीन वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन्।