प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौँ। गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ।
गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगिन भएको थियो।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दैै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूची रहे पनि गणपूरक सङ्ख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता