रसुवा भन्सार कार्यालय राजश्व असुली शून्य,चीनसँगको आयात–निर्यात ठप्प

रसुवा।  रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको छ। चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको हो।

माघ महिनासम्म यार्डमा रहेका कन्टेनरहरुबाट राजस्व संकलन भए पनि फागुन महिना यता भन्सार कार्यालयको याडमा कन्टेनरहरु शुन्य रहनु र महिनौ दिनदेखि आयात निर्यात ठप्प हुँदा फागुन महिनामा राजस्व असुली शून्यमा आएको हो।

रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६ र ०७७ को माघ महिनामा भने लक्ष्य भन्दा ३६ प्रतिशत बढी राजस्व संकलन गरेको थियो।

कार्यालयले माघ महिनामा ४६ करोड ७८ लाख ९१ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६३ करोड ४६ लाख चार हजार राजस्व उठेको रसुवा भन्सार कार्यालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

यसैगरी कार्यालयले यस आर्थिक वर्षको सात महिनामा सात अर्ब ९७ करोड ३५ लाख ३३ हजार राजस्व उठाएको छ। यो वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो।