नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ।

बैठकमा पछिल्लो समय चलिरहेको राजनीतिक विषयमा गम्भीर छलफल हुने सम्भावना रहेको बताइएको छ। संविधान संशोधनको असफल प्रयास र नेता वामदेव गौतमलाई लिएर चर्चा हुने बताइएको छ।

सेक्युरिटी प्रेस खरिद प्रक्रिया र सञ्चारमन्त्री बाँस्कोटाको राजीनामाबारे पनि छलफल हुने सम्भावना रहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  कोरोना संक्रमणबाट बालबालिका जोगाउन चुनौती: स्वास्थ्यमन्त्री