नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी सङ्गठनको आव्हानमा विद्यालय बन्द

काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) ले आह्वान गरेको शिक्षण संस्था बन्दको कारण आज बिहानैबाट पठनपाठन प्रभावित भएको छ।

सङ्गठनका नेता, कार्यकर्ताको गिरफ्तार गरिएको तथा राजनीतिक आस्थाको आधारमा बन्दी बनाइ झूटा मुद्दा लगाएको विरोधमा अखिल (क्रान्तिकारी) ले एकदिने शैक्षिक हडतालको आह्वान गरेको हो।

हड्तालका कारण काठमाडौँ उपत्यका र अन्य जिल्लामा समेत शैक्षिक संस्थाको पठनपाठन बन्द छ।

चन्द नेतृत्वको विद्यार्थी सङ्गठनले पक्राउ परेका अध्यक्ष चिरञ्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विक लगायत नेताहरूको रिहाइको माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती